Home समाचार अमेरिकामा चमेराले लियो ५ जनाको ज्यान

अमेरिकामा चमेराले लियो ५ जनाको ज्यान

अमेरिकामा कोरोना संकटका बीच पछिल्लो समयमा चमेराका कारण ५ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार चमेराका कारण फैलिएको रोगका कारण उनीहरूको ज्यान गएको हो । चमेराका कारण रेबिज फैलिँदा मानिसहरूको मृत्यु भएको घटनालाई निकै गम्भीर रुपमा लिइएको छ ।

सिडिसीको रिपोर्ट अनुसार गत वर्ष अमेरिकामा पाँच जनाको रेबिजबाट मृत्यु भएको थियो जसमा तीन जनाको मृत्यु रोग लागेको पाच सातामै भएको थियो ।

विश्वमा रेबिज रोग मुख्यतया कुकुरको टोकाइबाट सर्ने भएता पनि चमेराले टोक्दा पनि रेबिज फैलिन सक्दछ । रेबिज फैलाउने चमेरालाई रेबिड ब्याट्स भनिन्छ ।

अमेरिकामा रेबिज संक्रमणमध्ये ७० प्रतिशत रेबिज संक्रमण चमेराबाटै हुने गरेको छ । सिडिसीले चमेरासँग हेलमेल नगर्न र चमेरा देख्ने बित्तिकै सरकारी निकायलाई खबर गर्न अनुरोध गरेको छ ।

एजेन्सी

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read