Home समाचार पूर्वराजाद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण, सिंहदरबारअघि लाग्यो गणतन्त्र मुर्दावादको नारा

पूर्वराजाद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण, सिंहदरबारअघि लाग्यो गणतन्त्र मुर्दावादको नारा

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल एकीकरणकर्ता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । सिंहदरबार मुलगेटअघि रहेको सालिकमा पुगेर उनले माल्यार्पण गर्दा ‘गणतन्त्र मुर्दावाद’ को नारा लाग्यो ।

पूर्वराजा ज्ञानेन्द्र दिउँसो साढे १२ बजे समर्थकहरूसहित सिंहदरबार पुगेका थिए । त्यस क्रममा राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहको तस्वीर बोकेका समर्थकहरूले गणतान्त्रिक व्यवस्थाविरोधी नारा लगाएका हुन् । उनीहरूले ‘हाम्रो राजा हाम्रो देश, चाहियो चाहियो राजा चाहियो, गणतन्त्र मुर्दावाद, यो व्यवस्था चाहिँदैन’ जस्ता नारा लगाएका थिए ।

उनीहरूले भ्रष्टाचारको विरोध र संघीयता खारेजीको माग पनि गरेका थिए ।

पूर्वराजा ज्ञानेन्द्रले पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा हिजो सन्देश जारी गर्दै गणतान्त्रिक व्यवस्थाप्रति असन्तोष प्रकट गरेका थिए । जनताको हित नगर्ने व्यवस्था जति उन्नत भए पनि त्यसलाई लामो समय अभ्यास गर्न नहुने उनको सन्देश थियो ।

३०० औं पृथ्वी जयन्तीको अवसरमा आयोजित समारोहमा माल्यार्पण गर्न राष्ट्रपति विद्या भण्डारी मंगलवार बिहान सिंहदरबार गेटमा पुगेकी थिइन् । विभिन्न राजनीतिक दलका नेताहरूले भने शालिकमा माल्यार्पण गरेका थिए ।

 

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read