Home समाचार पछिल्लो २४ घण्टामा १४४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १४४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा एक हजार चार सय ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी ११ हजार चार सय २९ जनाको नमुना परीक्षण गर्दा १२ दशमलव ६५ प्रतिशत अर्थात् एक हजार चार सय ४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ५५ जना सङ्क्रमणमुक्त भएका छन् । यही अवधिमा दुई जनाले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।

अहिले नेपालमा सात हजार आठ सय ५५ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख १० हजार पाँच सय ९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read