Home समाचार पूर्वराजा ज्ञानेन्द्र मंगलबार सिंहदरबार जाने

पूर्वराजा ज्ञानेन्द्र मंगलबार सिंहदरबार जाने

पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार जाने भएका छन् ।

उनी सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम रहेको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिएका छन् ।

पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाह मध्यान्ह साढे १२ बजे त्यहाँ पुग्ने कार्यक्रम रहेको छ ।

मंगलबार पृथ्वीनारायण शाहको ३०० जन्मजयन्ती मनाइँदैछ । यो दिवसको अवसरमा सरकारले अहिलेसम्म सार्वजनिक बिदा भने दिएको छैन ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read