Homeसमाचारएमालेको जिल्ला अधिवेशन २४ जिल्लाले पायो नेतृत्व : नाम सहित

एमालेको जिल्ला अधिवेशन २४ जिल्लाले पायो नेतृत्व : नाम सहित

नेकपा (एमाले)का जिल्ला अधिवेशनबाट नेतृत्व चयन गर्ने क्रम जारी छ । अहिलेसम्म २२ वटा जिल्लामा जिल्ला कमिटीको नेतृत्व चयन भएको छ भने दुई वटा गैर भौगोलिक जिल्लातर्फ नेतृत्व चयन भएको छ ।

जसमा मजदूर विशेष कमिटीको अध्यक्षमा जितेन्द्र श्रेष्ठ चयन भएका छन् भने पेशागत विशेष कमिटीको अध्यक्षको जिम्मेवारी उमेश ढकालले पाएका छन् ।

त्यसबाहेक प्रदेश १ मा चार जिल्लाको नेतृत्व चयन भएको छ । प्रदेश–२ मा सप्तरी जिल्लाको अध्यक्षमा ताराकान्त चौधरीले अध्यक्षको जिम्मेवारी पाएका छन् ।

त्यसै गरी, बागमती प्रदेशका चार जिल्लाको अध्यक्ष अहिलेसम्म चयन भएका छन् ।

गण्डकी प्रदेशको दुई जिल्लामा एमाले जिल्ला कमिटीको नेतृत्व चयन भएको छ ।

अहिलेसम्म सबैभन्दा धेरै लुम्बिनी प्रदेशको जिल्लामा एमालेको नेतृत्व चयन भएको छ । लुम्बिनीका १२ जिल्लामध्ये ९ जिल्लाको नेतृत्व चयन भइसकेको छ ।

कर्णालीको दुई जिल्लामा पनि एमालेको नेतृत्व चयन भएको छ ।

एमालेले शुक्रवार ६३ जिल्लाको जिल्ला अधिवेशन उद्घाटन गरेको थियो । अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यममार्फत् जिल्ला अधिवेशन उद्घाटन गरेका थिए ।

नेतृत्व चयन भएका जिल्लाहरू

प्रदेश १

झापा– दीपक कार्की

मोरङ– ऋषिकेश पोखरेल

खोटाङ– रामप्रसाद दंगाल

धनकुटा– इन्द्रमणि पराजुली

प्रदेश २

सप्तरी– ताराकान्त चौधरी

बागमती

धादिङ– भूमि त्रिपाठी

काभ्रेपलाञ्चोक– अशोक ब्यान्जु

भक्तपुर– बचन देउजा

रसुवा– कर्णेल तामाङ

गण्डकी

गोरखा– प्रेम गुरुङ

तनहुँ– श्रीप्रसाद श्रेष्ठ

लुम्बिनी

पाल्पा– धनेन्द्रराज घिमिरे

गुल्मी– बालकृष्ण काउछा मगर

अर्घाखाँची– पिताम्बर भुसाल

बाँके– किस्मतकुमार कक्षपती

बर्दिया– लालबहादुर श्रेष्ठ

दाङ– हुकुमबहादुर बस्नेत

रुपन्देही– तेजेन्द्र केसी

कपिलवस्तु– डम्मर शर्मा (निर्वाचित)

नवलपरासी (पश्चिम)– दीपेन्द्र अधिकारी (निर्वाचित)

कर्णाली

डोल्पा– शेरबहादुर बुढा

सल्यान– गोविन्द पुन मगर

गैरभौगोलिक जिल्ला

मजदूर विशेष– जितेन्द्र श्रेष्ठ

पेशागत विशेष– उमेश ढकाल

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read