Home समाचार आजको मौसम: कहाँ कहाँ बर्षा कहाँ कहाँ हिमपात? आगामी ३ दिनको मौसम...

आजको मौसम: कहाँ कहाँ बर्षा कहाँ कहाँ हिमपात? आगामी ३ दिनको मौसम यस्तो छ

हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उक्त प्रणालीका कारण हाल देशका अधिकांश भ–भागमा, आंशिक देखि सामान्य बदली रहेको छ। हाल प्रदेश १ र २ मा वर्षसँगै उच्च पहाडी भागमा हिमपात भइरहेको महाशाखाले जनाएको छ। पश्चिमी तथा मध्य तराईका जिल्लाहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको महाशाखाको भनाइ छ।

महाशाखाका अनुसार आज (शुक्रबार) दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशभर नै केही स्थानमा  हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको समेत सम्भावना रहेको छ।

आज राति प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।

देशका केही भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेकाले देशभर चिसो बढ्ने महाशाखाको भनाइ छ। चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।

शनिबार देशभर सामान्य बदली रहने छ। सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन र चटयाङ सहित हल्का देखि मध्यम वर्षाको संभावना तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

आईतबार देशको सुदुरपश्चिम र कर्णाली प्रदेशमा सामान्य  देखी पूर्ण बदली रही बांकी प्रदेशहरुमा आंशिक देखी सामान्य बदली रहने छ। सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा  मेघ गर्जन र चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने  बाँकी प्रदेशहरुका एक(दुई स्थानहरुमा  मेघ गर्जन रचटयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

 

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read