Home समाचार एसिड पीडित मुस्कान खातुनलाई सरकारले ३ लाख दिने निर्णय

एसिड पीडित मुस्कान खातुनलाई सरकारले ३ लाख दिने निर्णय

सरकारले एसिड आक्रमणमा परेकी वीरगञ्जकी किशोरी मुस्कान खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहायता दिने भएको छ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले मुस्कानलाई ३ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

तीन वर्ष अगाडि १५ वर्षकी छँदा एक किशोरको तेजाब हमलाको सिकार भएकी खातुन दुईपटक गरेर करिब सात महिना अस्पतालमा उपचाररत थिइन्। उनलाई २०२१ मा अमेरिकी सरकारले अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) एउटा प्रतिष्ठित अवार्ड दिएको थियो।

सरकारले त्यस्तो अपराध गर्नेलाई कडा सजायको प्रावधानसहित कानुनसमेत निर्माण गरेको छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read