Homeसमाचारईरानी नागरिक जो काठमाडौंका साघुँरा गल्लीमा चिया बेच्छन: नेपाली केटीसंग बिहे गरि...

ईरानी नागरिक जो काठमाडौंका साघुँरा गल्लीमा चिया बेच्छन: नेपाली केटीसंग बिहे गरि बसाएका छन घरजम

आफ्नो देश छाडेर जाने रहर कसैलाई नहोला तर वाध्यताले गर्दा धेरैले देश छाडेर शरणार्थी जिवन विताउन बाध्य भएका हुन्छन् । हो त्यस्तै उदाहरण भएका छन् ईरानका मुहमद ।

नेपालमा उनलाई आर्यन भनेर बोलाउँद रहेछन् । उनि ईरान छाडेर नेपालमा शरणार्थी जिवन बिताउन थालेको ३ वर्ष भयो तर आफ्नो देश छाडेर उनलाई कुनै पश्चताप भने रहेनछ ।

आफ्नै देशमा भोगेको त्यो पिडालाई भने क्यामारामा खासै बोल्न चाहेनन् । नेपाल रहदाँपनि धेरे मिहेनत गरेको र दुःख पाएपनि अहिले न्यू रोडको असन वरीपरी चिया बेचेर जिबिको पार्जन गर्दै छन् ।

उनको परीवारमा १ श्रीमती बुवा र २ भाईहर रहेछन् । उनको श्रीमती भने नेपाली र श्रीमतीसंग बसेको मायापनि चिया कफिबाटै सुरु भएको रहेछ । ठमेलमा टावेल व्यापार गर्दा उनको श्रीमतीलेपनि चिया बेच्दि रहेछिन् । उसै समय केहि चिया खाएपछि बसेको प्रेमलाई प्रेम दिवशको दिन पारेर राखेको प्रस्ताप उनकी चियावाली श्रीमतील सहजै स्विकारेछिन् । आर्यनको मिहेनत देखेर सासु ससुरालेपनि त्यो सम्बन्धलाई नाई भन्न सकेनन् ।

आज उनको जिवन चिया व्यापारबाट चली रहेको छ । श्रीमतीले बिहान बेलुका चिया बनाउने र आर्यन भने त्यहि श्रीमतीले बनाएको मिठो चिया सबैलाई बेचेर हिड्छन् ।

जाडो बढेसंगै चिया व्यापार बढेको र धेरैले उनलाई शरणार्थी भनेर माया गर्दै उनको हातको चिया खाई दिने बताए । चिया व्यापार बाटै महिनामा ६० हजार कमाउने र केहि पैसा जम्मा गरी व्यापार गर्ने सोच रहेछ उनको ।

युट्युब च्यानल Smart Nepal अनि Search Nepal मा दिएको उन्को अन्तरबार्ता अनुसार उनी यहीँ नै खुशी छन र नेपाल र नेपालीनिकै नै सुन्दर लाग्छ । फर्केर आफ्नो देश चाहिँ कमसेकम एकपटक चाहिँ जान मन छ रे तर फर्केर नेपाल मै आउँछु उता चाहिँ बस्दैन भन्छन।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read