Home समाचार अमेजनले २२ करोडमा किन्यो ‘पुष्पा’

अमेजनले २२ करोडमा किन्यो ‘पुष्पा’

हलहरुमा अझै पनि निकै नै राम्रो व्यापार गरिरहेको दक्षिण भारतीय स्टार अल्लू अर्जून र अभिनेत्री रश्मिका मन्दानाको अभिनय रहेको फिल्म ‘पुष्पा’लाई ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोले २२ करोड रुपैंयाँमा किनेको छ । सुकुमार निर्देशित फिल्म चाँडै नै ओटीटीमा रिलिज हुने तयारीमा छ ।

फिल्म वृत्तमा यो रकमलाई निकै महंगो भनिएको छ । फिल्मले बक्सअफिसमा गरेको सफल कारोबारलाई मध्यनजर गर्दै निर्माताले यति ठूलो रकममा फिल्म बेचेका हुन् ।

फिल्मले अहिले पनि बक्सअफिसमा दमदार कमाई गरिरहेको छ । फिल्मले हिन्दी संस्करणमा ६० करोड बढी कमाई गरिसकेको छ । फिल्मले स्वदेश तथा विदेशमा गरी ३ सय करोड बढी कमाई गरिसकेको छ । फिल्ममा अल्लू निकै रस्टिक लुक्समा देखिएका छन् ।

फिल्मको कथा चन्दनको काठ तस्करीको कथामा आधारित छ ।

 

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read