Home अर्थ कारोबारमा आएको सवा एक घण्टामा मध्य भोटेकोशी जलविद्युतको सर्वाधिक शेयर खरीद माग,...

कारोबारमा आएको सवा एक घण्टामा मध्य भोटेकोशी जलविद्युतको सर्वाधिक शेयर खरीद माग, कति ?

आज साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको सवा एक घण्टाको अवधिमा मध्य भोटेकोशी जलविद्युत कम्पनीको सर्वाधिक शेयर खरीद माग रहेको छ । कम्पनीको सर्वाधिक ४ लाख ५७ हजार भन्दा बढी शेयर खरीद माग रहेको हो ।

कारोबारमा आएका २१९ ओटा धितोपत्रमध्ये उक्त कम्पनीको शेयरमा सर्वाधिक शेयर खरीद माग रहेको हो । सो अवधिमा कम्पनीको ४ लाख ५७ हजार १०६ कित्ता शेयर खरीद माग रहेको छ ।

खरीद माग बढी भएसँगै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ९.९९ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता २३५.६० मा कारोबार भइरहेको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read