Homeसमाचारमन्त्री आले फेरी एक्सनमा - नारायणहिटी प्रकरणमा छानबिन समिति गठन, तीन दिनभित्र...

मन्त्री आले फेरी एक्सनमा – नारायणहिटी प्रकरणमा छानबिन समिति गठन, तीन दिनभित्र प्रतिवेदन दिन निर्देशन

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका प्रक्रियाको छानबिनका लागि समिति गठन गरेका छन् ।

मन्त्रीस्तरीय निर्णयबाट उनले विहीवार पर्यटन मन्त्रालयका सहसचिव होमप्रसाद लुईटेलको संयोजकत्वमा छानविन समिति गठन गरेका हुन् ।

समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणी गौतम र कानूनका उपसचिव पुरुषोत्तम खतिवडा सदस्य छन् ।

तीन दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्न समितिलाई निर्देशन दिइएको मन्त्री आलेले नेपाल प्रेसलाई बताए । समितिको सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी छन् ।

अघिल्लो कार्यकालमा रुखले हामीलाई कार्बनडाईअक्साईड दिन्छ भनेर चर्चा कमाएका आले अहिले विभिन्न राम्रा कामको एक्सनमा आएर थप चर्चामा छन्।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read