Homeसमाचारबालुवाटार जग्गा प्रकरण : विजय गच्छदारसहित ३०० भन्दा बढी विरुद्ध पक्राउ पूर्जी...

बालुवाटार जग्गा प्रकरण : विजय गच्छदारसहित ३०० भन्दा बढी विरुद्ध पक्राउ पूर्जी जारी

प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे(सिआइबी) ले बालुवाटार जग्गा प्रकरणमा तीन सय जनाभन्दा बढीविरुद्ध पक्राउ पूर्जी जारी गरेकाे छ ।

ब्युराेले कांग्रेस नेता विजयकुमार गच्छदार, अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगका पूर्व प्रमुख आयुक्त दीपकुमार बस्न्यात, पूर्वसचिव नारायणगाेपाल मलेगाेलगायतलाई पक्राउ गर्न अदालतबाट आदेश पाएकाे हाे ।

पक्राउ पूर्जी जारी भएकाहरूलाई पक्राउ गर्न ब्युराे लागिरहेकाे ब्युरोका निर्देशक धिरजप्रताप सिंहले जानकारी दिए ।

यसभन्दा अगाडि जग्गा प्रकरणमा शाेभाकान्त ढकाल, रामकुमार सुवेदी र माधवी सुवेदी पक्राउ परिसकेका छन् । उनीहरू अहिले थुनामा छन् ।

अनुसन्धान आयाेगका पूर्वप्रमुख आयुक्त बस्न्यातसँगै उनका छाेरा कमल बस्नेत, ज्वाइँद्वय प्रज्जवल अधिकारी र मनाेज सुवेदीमाथि शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेकाे छ ।

ब्युराे प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महताेले अनुसन्धानकाे क्रममा दाेषी देखिएकालाई थप अनुसन्धान गर्न पक्राउ पूर्जी जारी गरिँदै आएकाे बताए ।

‘याे मुद्धा सानाे हाेइन, अनुसन्धान गर्दै जाँदा जाे-जाे मुछिन्छन् उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छाैं,’ उनले भने ।

बालुवाटार जग्गा प्रकरणमा नेकपा एमाले नेता विष्णु पौडेल पनि मुछिएका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनी ठगिएको भन्दै उक्त आरोपबाट पन्छाउन खोजेका थिए । बालुवाटार जग्गा प्रकरण लामो समयदेखि निकै चर्चाको विषय बनेको छ । सरकारले उक्त प्रकरणमाथि अनुसन्धान गर्ने जिम्मा सिआइबीलाई दिएको थियो ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read