Home समाचार पर्वतारोही तथा समाजसेवी प्रकाशराज पाण्डेको अध्यक्षतामा किवानिज पाटनको कार्यसमिति गठन

पर्वतारोही तथा समाजसेवी प्रकाशराज पाण्डेको अध्यक्षतामा किवानिज पाटनको कार्यसमिति गठन

किवानिज क्लव अफ पाटन पहिलो कार्यसमिति गठन गरिएको छ । ललितपुरमा एक कार्यक्रमको आयोजना गरी किवानिज क्लव अफ पाटनले प्रकाशराज पाण्डेको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो ।

कार्यसमितिमा अध्यक्षसहित १७ जना रहेका छन् । क्लवका अध्यक्षका पाण्डेले कार्यक्रममा बोल्दै क्लवले आगामी दिनमा विषेश गरेर बालबालिकाको शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गर्ने बताउनुभयो । उहाँले सामाजिक क्षेत्रमा काम गर्ने धेरै क्लवहरु रहेको तर, किवानिजलाई अन्य भन्दा फरक बनाएर लैजाने बताउनु भयो ।

अध्यक्ष पाण्डेले भन्नुुभयो,‘किवानिज क्लव अफ पाटनले आगामी दिनमा विशेष गरेर बालबालिकाको शिक्षा स्वास्थ्य क्षेत्रमा सर्वाङगिन विकासको लागि काम गर्नेगर्छ । यो काम गर्नको लागि क्लवले तत्काल तथा दिर्घकालिन योजना बनाएर अगाडि बढेको छ । बालबालिका लाई शारिरीक,बौदिक,सामाजिक विकासको लागि कार्ययोजना नै बनाएर अगाडि बढको छ । क्लवले विशेष गरेर शिक्षा, स्वास्थ्य,खेलकुद,वातावरणको क्षेत्रमा निरन्तर काम गर्ने छ। यस अगाडि व्यक्तिगत रुपमा गर्दै आएका सामाजिक कामहरु अब किवानिज क्लव अफ पाटन मार्फत गर्ने छौं । बालबालिकाको अध्ययनको लागि छात्रवृत्तिका कार्यक्रम,उच्च हिमाली क्षेत्रमा स्वास्थ्य सिविर,वातावरण सरसफाई सम्बन्धि कार्यक्रम तथा वातावरण सफा राख्नको लागि विरुवा रोप्ने काम समेत गर्ने छ । यस्ता काम भाषण होइन गरेर देखाउने छौं । विशष गरेर दक्षिण ललितपुर, रामेछाप, दोलखा,सिन्धुली र काभ्रेमा स्तानीय तहको समेत समन्वयमा शिक्षा,स्वास्थ्यको क्षेत्रमा काम गर्ने तयारी छ । माघ महिनामा क्लवमार्फत् स्वास्थ्य सिविर राख्ने सम्र्पूण तयारी भएको छ।’

किवानिज क्लव अन्तर्राष्ट्रिय रुपमा १०७ वर्ष पुरानो क्लव हो । नेपालमा सन् २०१५ मा स्थापना भएको हो । क्लवले स्थापनादेखि विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read