Homeसमाचारयी हुन् निर्मला ‘हत्या आरोप’मा पक्राउ परेका भारतीय नागरिक !

यी हुन् निर्मला ‘हत्या आरोप’मा पक्राउ परेका भारतीय नागरिक !

निर्मला हत्या प्रकरणको ३ बर्ष बितिसक्दा पनि अझै अनुसन्धानले सफलता पाउन सकेकोम छैन। अहिले फेरी निर्मला हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पिलभित घर भएका २४ वर्षीय अली हसन रहेका छन् ।

अलिको परिवार लामो समयदेखि कञ्चनपुरमा तरकारी खेती गर्दै आएको थियो । प्रहरीले भने यसबारे आधिकारिक रुपमा धारणा सार्वजनिक गरेको छैन ।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार निर्मलाको शव भेटिएको स्थानभन्दा केही पर अलिका परिवारले तरकारी खेती गर्दै आएका थिए । कोरोना महामारीको पहिलो चरणमा लकडाउन भएपछि अली भारत गएका थिए । केही समयअघि मात्रै उनी नेपाल आएका थिए ।

प्रहरीका एक उच्च अधिकारीले भने,“उनी हाम्रो शंकाकै घेरामा थिए । अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं । डीएनए परीक्षणका लागि नमुना पठाएका छौं । अहिले नै अरु कुरा भन्न सकिन्न । रिपोर्ट पर्खिरहेका छौं ।”अलीका केही गतिविधि शंकास्पद रहेकाले पक्राउ गरिएको प्रहरी अधिकारी बताउँछन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मलाको २०७५ साउन ११ गते शव फेला परेको थियो । उनी त्यसको अघिल्लो दिनदेखि घरबाट निस्किएकी थिइन् ।प्रहरीले लामो अनुसन्धानबाट पनि निर्मला हत्यामा संलग्न व्यक्तिको पहिचान अझै गर्न सकेको छैन ।

अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोको टोली, प्रदेश प्रहरी कार्यालय र अपराध अनुसन्धान समूहको टोलीले निरन्तर अनुसन्धानमा केन्द्रित छ ।

हालसम्म प्रहरीले एक सय बढीको डीएनए परीक्षण गरिसकेको छ । एक हजार बढीको बयान समेत गरिसकेको छ । निर्मला हत्यामा प्रहरी अनुसन्धान सुरुवाती समयमा त्रुटिपूर्ण भएको भन्दै आलोचना समेत भएको थियो ।

३ वर्ष बितिसक्दा पनि अनुसन्धानले सफलता नपाउँदै प्रहरीले निरन्तर आलोचना समेत खेप्नुपरेको छ ।

बाह्रखरी

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read