Homeमनोरञ्जनअमेरिकाको न्युयोर्कमा राजेश पायल राईमाथि हातपात : कलाकारहरुद्वारा भर्त्सना

अमेरिकाको न्युयोर्कमा राजेश पायल राईमाथि हातपात : कलाकारहरुद्वारा भर्त्सना

अमेरिकाको न्युयोर्कमा गायक राजेश पायल राईमाथि स्टेजमा गीत गाईरहेको अवस्थामा हातपात भयो । अंग्रेजी नयाँ वर्षको स्वागतमा आयोजित कार्यक्रममा गीत गाइरहँदा एक व्यक्तिले उनमाथि हातपात गरेका हुन् ।

न्युयोर्कमा आयोजित कन्सर्टमा उनले गीत गाइरहेका बेला एक दर्शक स्टेजमा चढ्छन् । ती दर्शकले पछाडिबाट न्याक्दै गायक राईमाथि हातपातको प्रयास गर्छन् । यद्यपि अन्य दर्शकले ती व्यक्तिलाई त्यहाँबाट बाहिर निकालेका थिए । दर्शकले कुटपिट हुनबाट जोगाएका छन् ।

उनीमाथि हातपातको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । कतिपयले गायक राईमाथि हातपात हुनुमा व्यवस्थापकको कमजोरी रहेको औँल्याएका छन् । नयाँ वर्ष २०२२ का अवसरमा आयोजित कार्यक्रममा सांगीतिक प्रस्तुति दिन उनी न्यूयोर्कमा छन् ।

गायक राजेशपायल राईमाथि अमेरिकामा भएको अभद्र व्यवहारको अमेरिकामा रहेका कलाकारहरुले निन्दा गरेका छन् । गायक राईमाथि शुक्रबार न्युुयोर्कमा एक सांगीतिक कार्यक्रमका क्रममा पासाङ दावा शेर्पा नाम गरेका व्यक्तिले अभद्र व्यवहार गरेका थिए ।

अमेरिकामा रहेका कलाकारहरुले दोषीलाई कारबाहीको दायरामा ल्याउन जोडदार माग समेत गरेका छन् । स्टेजमा गीत गाइरहेको समयमा राजेशपायलमाथि शेर्पाले हातपात गरेका थिए । उनको घाँटी निमोठ्दै उनीमाथि स्टेजमा शेर्पाले दुर्व्यवहार गरेका थिए ।

आयोजकले घटना सामान्य भएको भन्दै ढाकछोप गर्न खोजेको विषयलाई समेत अमेरिकामा रहेका कलाकारहरुले भर्त्सना गरेका छन् ।

नेपाली सांगीतिक क्षेत्रका चर्चित हस्तीहरुले समेत गायक राईमाथि भएको दुर्व्यवहारको कडा शब्दमा निन्दा गरेका छन् । प्रमोद खरेल लेख्छन , ‘ अमेरिका न्यूयोर्क को एक कार्यक्रम सिलसिला मा आदरणीय राजेश पायल राइ ज्यू लाइ कार्यक्रम प्रस्तुत गर्दै गर्दा नै भएको दुर्व्यवहार अत्यन्त खेदजनक र आपत्तिजनक छ । कार्यक्रम व्यवस्थापन मा कमजोरी त देखियो नै तर हामी नेपाली समुदाय का भेला , गोष्ठी, कार्यक्रम माथी नै प्रश्न उठ्न सक्ने यस्ता घटनाले पक्कै पनि राम्रो सन्देश दिदैन।
संयमित बनौं…. 🙏’

यस्तै, गायिका निशा सुनार अध्यक्ष रहेको नेपाली अमेरिकन कलाकार संघले पनि गायक राईमाथि भएको आक्रमणको भर्त्सना गरेको छ । उनीहरुले दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read