नेपालमा हाल शेयर बजारमा प्रवेश गरी लगानी गर्न चाहनेले डिम्याट खाता तथा मेरो शेयरको खाता प्रत्येक वर्ष नवीकरण गर्नु पर्छ। जसले गर्दा लगानीकर्ता प्रत्येक वर्ष संस्थामा धाउनु पर्छ।
यसलाई मध्यनजर गर्दै यस कम्पनीले आफ्ना विद्यमान कायम हितग्राही खातावालाहरु तथा नयाँ खाता खोल्न चाहने खातावालाई यस्तो झन्झटबाट मुक्त गराउने उद्देश्यले नेपालमै पहिलोपटक आजीवन डिम्याट खाताको योजना यही पौष २६, २०७७ देखि लागु हुने गरी ल्याएको छ।
यो योजनामा भाग लिइ नयाँ डिम्याट खाता खोल्न चाहने व्यक्ति तथा संस्थाहरुले डिम्याट खाता खोल्दा रु. ३,००० भुक्तानी गरी आजीवन नवीकरण गर्ने झन्झटबाट मुक्त हुन सक्नेछन्। तर अँग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा जनवरी ०१, २०२२ वर्षभरीका लागि अर्थात अन्तिम डिसेम्बर २०२२ सम्मका लागि यस्तो खाता खोल्न चाहने लगानीकर्ताको लागि कम्पनीले रु. ९७८ छुटसहित जम्मा रु. २०२२ मा जीवनभर नवीकरणको झन्झटबाट मुक्त हुने आजीवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्न पाउने छन्।
यस्तो सुविधा विद्यमान खातावालाले पनि आफूले भुक्तानी गर्नुपर्ने नवीकरण वापतको बाँकी रकम भुक्तानी गरी प्राप्त गर्न सक्ने छन्। साथै आजीवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्नको लागि नबिल इन्भेष्टको https://onlinedemat.nabilinvest.com.np मा गइ खोल्न सकिने छ भने नवीकरण वापतको भुक्तानी गर्न बाँकी रकम पनि https://onlinedemat.nabilinvest.com.np/Payment/DematRenew मा गइ अनलाइनबाट नै भुक्तानी गर्न सकिनेछ।