Homeमनोरञ्जनअभिनेत्री अदिती बुढाथोकीलाई कोरोना संक्रमण

अभिनेत्री अदिती बुढाथोकीलाई कोरोना संक्रमण

अभिनेत्री अदिती बुढाथोकीलाई कोरोना संक्रमण भएको छ । उनले इन्स्टाग्राममार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् ।

विगत लामो समयदेखि मुम्बईमा बसेर मोडलिङ गर्दै आएकी अदितिले दुई चरणको भेरोसेल खोप लगाइसक्दा समेत कोरोना संक्रमण भएको छ ।

उनले इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, ‘मैले कोभिड १९ को परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको छ । मलाई सामान्य लक्षण देखिएपछि कोरोना परीक्षण गराएको थिएँ ।

अहिले मैले आफूलाई आफैंदेखि अलग राखेको छु । जो कोही केही दिनदेखि मेरो सम्पर्कमा हुनुहुन्थ्यो, कृपया परीक्षण गराउनुहोला ।’

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read