Home समाचार ओमिक्रोनविरुद्ध कडाइ गर्दै केजरीवाल सरकार, दिल्लीमा नयाँ घोषणा

ओमिक्रोनविरुद्ध कडाइ गर्दै केजरीवाल सरकार, दिल्लीमा नयाँ घोषणा

दुई वर्ष देखि कोरोना महामारीले विश्व आक्रान्त भैरहेको छ। मत्थर होला भन्दा झन् नयाँ नयाँ भेरियन्टका कोरोना भाईरस आईरहेका छन्।

भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन दिनदिनै बढिरहेको बेला भारतको राजधानी नयाँदिल्लीको सरकारले कडाइ गर्ने घोषणा गरेको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाद नेतृत्वको सरकारले संक्रमण फैलिन नदिन जीआरएपी (ग्रेडेड रिस्पोन्स एक्सन प्लान) लागू गरेको छ । यसरी दिल्लीमा ‘एलो अलर्ट’ जारी गरिएको छ ।

जीआरएपी अन्तर्गत केही क्षेत्रमा कडाइ र प्रतिबन्ध लगाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हालसम्म भारतमा ओमिक्रोन संक्रमितको संख्या ६५३ पुगेको छ, जसमध्ये १६५ संक्रमित दिल्लीमा रहेका छन् । केजरीवाल सरकारले कोरोनाको तेस्रो लहरसँग लड्न २०२१ जुलाइमा जीआरएपी तयार गरेको थियो । जसअन्तर्गत दिल्लीमा लकडाउन, कडाइ र निषेधाज्ञा सम्बन्धी विभिन्न प्रावधान राखिएका छन् ।

‘एलो अलर्ट’मा राति १० बजेदेखि ५ बजेसम्म रात्रिकालीन कर्फ्यू, बिहान १०–साँझ ८ बजेसम्म अत्यावश्यक सेवा खुला रहने, स्कूल, कलेज, शिक्षण संस्था र कोचिङ सेन्टर बन्द हुने, होटल, रेस्टुरेन्ट र बार ५०% क्षमताका साथ मात्रै खुला रहने, सिनेमा हल बन्द रहने लगायत प्रावधान छन् ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read