Homeजानकारीआगो ताप्दा, हिटर बाल्दा, गिजरको प्रयोग गर्दा यी सावधानी अपनाऔँ

आगो ताप्दा, हिटर बाल्दा, गिजरको प्रयोग गर्दा यी सावधानी अपनाऔँ

देशैभर पछिल्लो समय निकै जाडो बढिरहेको छ। जाडो याममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायत उपायहरू अपनाइने गरिन्छ । त्यसबखत पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरू पनि हुने गरेका छन् ।

त्यस्ता कार्य गर्दा सावधानीका केही उपायहरू अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुझाव दिएको छ ।

यस्ता छन् मन्त्रालयका सुझाव–
१. हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्ने गरौँ ।
२. कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नतापौँ ।
३. आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडाजस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराखौँ ।
४. आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउने गरौँ ।
५. हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्ने गरौँ ।
६. सुत्नुअघि अनिवार्य रूपमा हिटर निभाउने गरौँ ।
७. गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गरौँ ।
८. गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने नगरौँ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read