Home मनोरञ्जन गीत शेयर गर्नेलाई आईफोन १३ उपहार

गीत शेयर गर्नेलाई आईफोन १३ उपहार

प्रेम र सस्पेन्स कथामा तयार भएको सर्ट फिल्म ‘किन’ को शीर्ष गीत सार्वजनिक भएको छ । फिल्ममा गणेश उप्रेती, केदार उप्रेती, सन्तोष रमदाम, सिद्धार्थ विश्व र ‘मिस नेपाल नर्थ अमेरिका’ गरिमा ज्ञवालीको अभिनय रहेको छ ।

शीर्ष गीतमा स्वप्न सुमनको स्वर, उत्पल कँडेलको संगीत र सौरभ तिमिल्सिनाको शब्द छ । सिद्धार्थ विश्वको लेखन, निर्देशन र सम्पादन रहेको फिल्ममा नारायण उप्रेतीको सह–निर्देशन र अशोक भुजेलको छायांकन छ ।

निर्देशक विश्वले यसअघि ‘तिमी र म’ र ‘२०२०’ लगायतका सर्ट फिल्म रिलिज गरिसकेका छन् ।

सर्ट फिल्म ‘किन’ को शीर्ष गीत सार्वजनिक भएसंगै निर्माण पक्षले फरक तरिकाले प्रमोसनल स्ट्राटेजी अपनाएको छ। तिम्रो मेरो प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको सार्वजनिक गीतलाई सामाजिक सञ्जालमा शेयर गर्नेमध्ये एकजना भाग्यशालीलाई आइफोन १३ प्रदान गर्ने निर्माण पक्षले जनाएको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read