Homeअनौठो कुरासंसारकै महंगो डिभोर्स, सम्बन्ध विच्छेद गरेबापत तिर्नुपर्ने यति ठुलो रकम

संसारकै महंगो डिभोर्स, सम्बन्ध विच्छेद गरेबापत तिर्नुपर्ने यति ठुलो रकम

दुबईका शासक शेख मोहम्मद विन रसिद अल मोक्तम र छैटौं पत्नी राजकुमारी हाया विन्त अल हुसेनबीच सम्बन्ध विच्छेद हुने भएको छ । डिभोर्सबापत त्यहाँका शासकले ७३ करोड अमेरिकी डलर (८८ अर्ब रुपैयाँ) पत्नीलाई तिर्नुपर्ने भएको छ ।

बेलायतको अदालतले मंगलबार गरेको फैसलाअनुसार दुबईका शासनले पत्नी र सन्तानका लागि सो रकम तिर्नुपर्ने भएको हो । बेलायतको कानूनी इतिहासमा यो डिभोर्सलाई सबैभन्दा ठूलो डिभोर्सको रुपमा व्याख्या गरिएको छ ।

छैटौ श्रीमती हाया, १४ र ९ वर्षिय दुई सन्तानका लागि रकम तिर्नुपर्ने भएको हो । राजकुमार हाया जोर्डनका पूर्वराजा हुसेनकी छोरी हुन् । अदालतको फैसलाअनुसार राजकुमारी हायाले लन्डनको दरबार र एघम सुरेस्थित निवास समेत पाउने भएकी छिन् ।

साथै नियमित तलबसहित नर्सको सुविधा, सुरक्षाकर्मी, सवारीसाधन र थुप्रै घरपालुवा जनावरको लागि स्याहार गर्न समेत शेखले रकम दिनुपर्ने भएको छ । साथै दुई सन्तानको लागि वार्षिकरुपमा ७४ लाख अमेरिकी डलर पनि तिर्नुपर्ने भएको छ ।

युएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री रहेका अर्बपति शेख मोहम्मदले सन् २००४ मा राजकुमारी हायासँग बिहे गरेका थिए ।

एजेन्सी

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read