Home अर्थ सुनको मूल्य लगातार घट्यो, आज कति पुग्यो ?

सुनको मूल्य लगातार घट्यो, आज कति पुग्यो ?

आज बुधबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो मंगलबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९२ हजार ६०० हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो । हिजो प्रतितोला ८०० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने बढेको छ ।

हिजो मंगलबार प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १० रुपैयाँले बढेर १ हजार २४५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read