Homeसमाचारआरआरमा चिट चोर्न रोक्न खोज्दा प्राध्यापकमाथि प्रहार, टाउकोमा गम्भीर चोट सात टाँका

आरआरमा चिट चोर्न रोक्न खोज्दा प्राध्यापकमाथि प्रहार, टाउकोमा गम्भीर चोट सात टाँका

चिट चोर्न रोक्न खोज्दा रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा मंगलबार प्राध्यापक प्रकाश पुडासैनीमाथि आक्रमण भएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ । सात टाँका लगाइएको छ ।

घटनाबारे आरआर क्याम्पसका प्राध्यापक ऋषिकेश दाहालले ट्विट गर्दै भनेका छन्, “चिट चोर्न रोक्दा आरआर कलेजमा शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण भएको छ । उहाँको टाउकोमा सात टाँका लगाउनपरेको छ । यसभन्दा लज्जाको विषय के होला ? कस्तो शिक्षा दिइरहेका छौँ हामीले ?”

उनका अनुसार क्याम्पसमा आज बिहान ३० नम्बरका लागि स्नातक प्रथम वर्षको आन्तरिक परीक्षा चलिरहेको थियो । परीक्षा चलिरहँदा एक छात्राले चिट चोरेको देखेपछि सोसलवर्क विषय पढाउने प्राध्यापक पुडासैनीले छात्रालाई रोके । त्यो देखेपछि बाहिरबाट नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध विद्यार्थीहरू कक्षामा आई परीक्षा रद्द गर्न दबाब दिएको दाहाल सुनाउँछन् ।

क्याम्पस प्रमुख डा. जीवन्धर नवालीले विद्यार्थी संगठनका पदाधिकारीहरूसँग यस विषयमा छलफल गरिरहेका थिए । प्राध्यापक दाहाल भन्छन्, “छलफलको क्रममा पानी खानुपर्‍यो भनेर स्टीलको जगले उचालेर ती विद्यार्थीले शिक्षक पुडासैनीको टाउकोमा झ्याम कि झ्याम हाने ।”

आक्रमणमा संलग्न विद्यार्थी बीए दोस्रो वर्षमा पढ्ने कुबेर जेठारा रहेको बताइएको छ । आक्रमणपछि जेठारा शौचालयमा लुकेर झ्यालबाट भागेको बताइएको छ ।

प्राध्यापक पुडासैनीलाई सात टाँका लगाएको छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read