Home अर्थ सिभिल बैंकको लाभांश प्रस्ताव, बोनस शेयर कति ?

सिभिल बैंकको लाभांश प्रस्ताव, बोनस शेयर कति ?

सिभिल बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ८ अर्ब ६४ करोड ३६ लाख ६० हजार ८४७.७९ रुपैयाँको कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने ४३ करोड २१ लाख ८३ हजार ४२.४० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतले हुन आउने २ करोड २७ लाख ४६ हजार ४७५.९२ प्रतिशत नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read