Homeसमाचारकांग्रेस खुलातर्फ केन्द्रीय सदस्यमा २३९३ मत गन्दा शीर्ष ३५ भित्र को-को परे...

कांग्रेस खुलातर्फ केन्द्रीय सदस्यमा २३९३ मत गन्दा शीर्ष ३५ भित्र को-को परे ?

पदाधिकारिहरुको मतगणना सकिएपछि यतिबेला नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यहरुको मतगणना भैरहेको छ। शनिबार रातिसम्म ५१ प्रतिशत मतगणना हुँदा ८ सयसम्म मत ल्याउने उम्मेदवार ३५ जनाभित्र परेका छन् ।

खुलातर्फ ३५ केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा रहेका ९९ उम्मेदवारमध्ये २३९३ अर्थात ५१ प्रतिशत मत गणना हुँदा ८ सयसम्म मत ल्याएका ३५ नेता कोटाभित्र परेका हुन् ।

३५ को कोटाभित्र १९७१ मत ल्याएर शशांक कोइराला पहिलो नम्बरमा छन् भने केदार कार्की ८१९ मतसहित ३५औं स्थानमा छन् । ८०७ मत ल्याएका यज्ञबहादुर थापा ३६औं स्थानमा पर्दै कोटाभित्र परेनन् । यद्यपि यो अन्तिम परिणाम भने होइन ।

५१ प्रतिशत मत गन्दा शीर्ष ३५ भित्र परेका उम्मेदवारहरु

१. डा‍ शशांक कोइराला- १९७१

२. एनपी साउद- १५३८

३. बालकृष्ण खाँण- १५०७

४. रमेश लेखक- १४५१

५. ज्ञानेन्द्र बहादुर कार्की- १४२३

६. उदय सम्शेर राणा- १४४५

७. रामहरी खतिवडा- १३९५

८. अर्जुननरसिंह केसी- १३८३

९. गोपाल मान श्रेष्ठ- १३२३

१०. जिप छिरिङ लामा- १३१२

११. जितजंग बस्नेत- १२८३

१२. नैन सिंह महर- १२८२

१३. डा रामशरण महत- १२८१

१४. सुनिल बहादुर थापा- १२४६

१५. बल बहादुर केसी- १२३३

१६. दिलेन्द्र प्रसाद बडु- १२३१

१७. मोहन बहादुर बस्नेत- १२०२

१८. दिपक गिरि- ११७४

१९. सुरेन्द्र राज पाण्डे- ११५१

२०. कुन्दन राज काफ्ले- ११४३

२१. सन्जय कुमार गौतम- १००१

२२. प्राडा गोविन्दराज पोखरेल- ९६२

२३. राजीव ढुंगाना- ९३५

२४. डा। गोपाल दहित- ९३१

२५. कृष्णकिशोर घिमिरे- ९२९

२६. दिनेश कोइराला- ९२५

२७. बिरेन्द्र कुमार कनौडिया- ९१९

२८. इ मोहन आचार्य- ९१३

२९. अजयबाबु सिवाकोटी- ९०९

३०. मदन बहादुर अमात्य- ९०८

३१. उमेश जंग रायमाझी- ८९१

३२. गणेश लामा- ८८८

३३. मंगल प्रसाद थारु- ८७१

३४. मनोज मणि अचार्य-८५४

३५. केदार कार्की- ८१९

शनिबार रातभर लाग्ने भएपछि उम्मेदवारकै सहमतिमा मतगणना आज हुने गरी स्थगित गरिएको हो । अब २२८९ मत गन्न बाँकी छ । आइतबार आउने अन्तिम मतपरिणाममा यो नतिजा फेरिन सक्छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read