Home अनौठो कुरा ‘म दान गर्ने वस्तु होइन’ भन्दै बिहेमा बेहुलीद्वारा कन्यादान गराउन अस्वीकार

‘म दान गर्ने वस्तु होइन’ भन्दै बिहेमा बेहुलीद्वारा कन्यादान गराउन अस्वीकार

विवाह कार्यक्रममा वरलाई कन्यादान गर्ने चलन छ । तर एउटा बिहेमा बेहुलीले कन्यादान गराउन अस्वीकार गरेकी छन् ।

भारतको मध्यप्रदेशको नरसिंहपुर जिल्लास्थित जोबा गाउँमा आईएएस अफिसर तपस्या परिहारले आफू दान गर्ने वस्तु नभएको तर्क गर्दै कन्यादान गर्न अस्वीकार गरेकी हुन् ।

उनको विवाह आईएफएस अधिकारुी गर्वित गंगवारसँग हुँदै थियो । तर विवाहमा तपस्याले कन्यादानको कार्य गराउन अस्वीकार गरिन् । त्यसबाहेक अन्य कर्मकाण्ड गरेर तपस्याको विवाह गर्वितसँग भयो ।

कन्यादानको कार्य नै नगरी बिहे गरेका कारण तपस्या र गर्वितको विवाह चर्चामा रहेको छ । तपस्याले कन्यादान नगराउने तर्क गरेपछि परिवारका सदस्य समेत राजी भएका थिए ।

एजेन्सी

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read