Home समाचार विवाह दर्ता गर्न ३ हजार घुस लिने वडा सचिव पक्राउ

विवाह दर्ता गर्न ३ हजार घुस लिने वडा सचिव पक्राउ

विवाह दर्ता गर्दाका लागि घुस लिने एकजना रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ४ का वडा सचिव मोहम्मद सिद्धिक अख्तियारको फन्दामा परेका छन् ।

उनलाई घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयको टोलीले शुक्रबार रंगेहात पक्राउ गरेको हो ।

सिद्धिकले विवाह दर्तामा सहजिकरण गरिदिने भन्दै घुस मागरेको भन्ने उजुरीका परेपछि अटिएको टोलीले उनलाई कार्यकक्षबाटै पक्राउ गरेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले बताए ।

‘सेवाग्राहीबाट तीन हजार रुपैयाँ घुस÷रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित कार्यालयबाटै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ’, रिसालले भने ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read