Home समाचार यी हुन् कांग्रेसमा हालसम्म विजयी आठ पदाधिकारी, पाँच सह–महामन्त्री निर्वाचित हुन बाँकी

यी हुन् कांग्रेसमा हालसम्म विजयी आठ पदाधिकारी, पाँच सह–महामन्त्री निर्वाचित हुन बाँकी

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आगामी कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना र परिणाम आउने क्रम जारी छ । हालसम्म आठजना पदाधिकारी निर्वाचित भइसकेका छन् ।

हालसम्म निर्वाचित हुनेमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र तीनजना सह–महामन्त्री विजयी भइसकेका छन् । अब पाँच सह–महामन्त्रीको मतपरिणाम आउन बाँकी छ ।

सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् । उनी दोस्रो चरणमा शेखर कोइरालालाई पराजित गर्दै सभापतिमा विजयी भएका हुन् ।

उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ निर्वाचित भएका छन् । महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भइसकेका छन् ।

आदिवासी जनजातितर्फ सह–महामन्त्रीमा भीष्मराज आङदेम्बे, महिला सह–महामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ र दलित सह–महामन्त्रीमा जीवन परियार विजयी भइसकेका छन् ।

पाँच सह–महामन्त्रीको मतपरिणाम आउन बाँकी छ । बाँकी सह–महामन्त्रीको मतगणना आज हुँदै छ ।

 

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read