Home समाचार आज यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, हेर्नुहोस यस्तो छ आजको मौसम

आज यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, हेर्नुहोस यस्तो छ आजको मौसम

पछिल्लो केहिदिन यता चिसो बढिरहेको छ। मौसम मौसम पूर्वानुमान महाशाखाले शुक्रवार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।

शुक्रवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात र सुदूरपश्चिम प्रदेशको १–२ स्थानमा हल्का वर्षा हुने जनाएको छ ।

देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।

शुक्रवार दिउँसो सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका १–२ स्थानमा हल्का वर्षा र सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।

शुक्रवार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।

शनिवार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशमा तथा बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने भएको छ । कर्णाली तथा गण्डकी प्रदेशको पहाडी भूभागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शनिवार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा बदली रहने जनाइएको छ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका १–२ स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतवार दिउँसो पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । आइतवार राति १ नम्बर प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा बदली रहने महाशाखाले जनाएको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read