Home समाचार नेपालसँग टाउको झुकाउन तयार छौं : भारतका रक्षामन्त्री सिंह

नेपालसँग टाउको झुकाउन तयार छौं : भारतका रक्षामन्त्री सिंह

भारतका रक्षामन्त्री राजनाथ सिंहले आवश्यक परेमा नेपालका अगाडि टाउको झुकाउन आफूहरू तयार रहेको बताएका छन् ।

भारतको उत्तराखण्डमा रहेको देहरादूनमा आयोजित एक कार्यक्रममा बोल्दै सिंहले नेपालसँग भारतको सम्बन्ध बिगार्नका लागि केही शक्तिहरू लागिपरेको बताए ।

भारतीय समाचार संस्था एएनआईले सिंहको भनाइ उद्धृत गर्दै टुवीट गरेको छ ।

सिंहले भने, ‘सरकारको प्रतिनिधिका रूपमा म भन्न चाहन्छु, हामीले टाउको झुकाउनुपरे पनि झुकाउँछौं तर छिमेकी मुलसक नेपालसँगको सम्बन्ध टुट्न दिँदैनौं ।’

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read