Homeफिल्मबलिउडजन्मदिनको अघि किन जोनले सबै पोस्ट डिलिट गरे ?

जन्मदिनको अघि किन जोनले सबै पोस्ट डिलिट गरे ?

बलिउड अभिनेता जोन अब्राहम मंगलबार एकाएक चर्चामा आएका छन् । उनी चर्चामा आउनुको कारण इन्स्टाग्राम अकाउन्टको पोस्ट डिलिट हो ।

जोनले इन्स्टाग्रामको एक/दुईवटा मात्रै नभएर सबै पोस्ट डिलिट गरेका हुन् । इन्स्टाग्रामम नौ मिलियन फलोअर्स भएका उनले सबै पोस्ट डिलिट गरेको वा सबै अर्काइभ गरेको हुन सक्ने अनुमान गरिएको छ ।

केही दिनमै ४९औं जन्मोत्सव मनाउन लागेको जोनले किन यस्तो गर्यो भन्ने कुरा चासोको विषय नै छ । उनको यही डिसेम्बर १७ मा जन्मदिन पर्छ ।

अभिनेताले हालसालै हृदयघात किन हुन्छ भनेर गरेको व्याख्याका कारण सामाजिक सञ्जालमा आलोचनाको सामना गर्नुपरेको थियो । उनी हालै आफ्नो नयाँ चलचित्र‘सत्यमेव जयते २’ को प्रोमोशनका लागि कपिल शर्माको ‘द कमेडी शो’ मा आएका थिए । कार्यक्रममा यस विषयमा कुरा उठेपछि जोनले ह्दयघाटका कारण र यसबाट कसरी बच्ने भनेर बताएका थिए ।

तनाव स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्दै उनले पानीमा तेलको प्रतिक्रिया उदाहरण दिएका थिए जसपश्चात सामाजिक सञ्जालमा उनको आलोचना हुन थालेको हो ।

तर जोनले एक्कासी किन यस्तो कदम उठाए भन्ने कुरा चासोको विषय बनेको छ । यो नयाँ अकाउन्ट बनाउने तरिका हो वा ह्याकरको काम हो भन्ने पनि आशंका गरिएको छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read