Home Uncategorized रणवीर र आलिया मुम्बईमा विवाह गर्दै

रणवीर र आलिया मुम्बईमा विवाह गर्दै

अभिनेत्री कटरीना कैफ र अभिनेता विकी कौशल तथा अभिनेत्री अंकिता लोखण्डे र उनकी प्रेमी विकी जैनको विवाह पछि फिल्मकर्मी तथा फ्यानहरु रणवीर कपूर र आलिया भट्टको विवाहको प्रतिक्षामा छन् । उनीहरुको विवाहका बारेमा एक वर्षयता चर्चा चले पनि दुवैले आधिकारिक रुपमा केही घोषणा गरेका छैनन् ।

धेरैले उनीहरुले मुम्बई बाहिर गएर विवाह गर्ने अनुमान लगाए पनि त्यो अनुमान गलत साबित भएको छ । समाचारअनुसार उनीहरु नयाँ वर्षको सुरुवातमै सात फेरा लगाउदैछन् । उनीहरुले मुम्बईमा नै विवाह गर्ने योजना बनाएका छन् । दुवै कलाकारले परिवारसँगको सल्लाह अनुसार यो निर्णय लिएका हुन् ।

‘आलिया भट्ट र रणवीर कपूर डेस्टिनेसन वेडिङ गर्ने छैनन् । उनीहरुले मुम्बईमा नै विवाह गर्नेछन् । त्यो विवाह उनीहरुको परिवारको उपस्थितिमा हुनेछ । उनीहरुले ठूलो बजेटमा विवाह गर्ने मन बनाएका छैनन्’, उनीहरु निकट स्रोतले भनेको छ ।

आलियाका पिता महेश भट्ट यात्रा गर्ने मनस्थितिमा छैनन् । रणवीरका काका रणधीर कपूरको स्वास्थ्य अवस्था ठिक छैन । त्यहीकारण उनीहरुले मुम्बईमा नै विवाह गर्ने निर्णय लिएका छन् । उनीहरुले ताज लेण्ड एण्डमा विवाह गर्नेछन् । जसका लागि सबै कुरा फाइनल गरिसकेका छन् । रणवीर हाल नयाँ घर बनाइरहेका छन्, जहाँ विवाहपछि आलियासँग बस्नेछन् ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read