Home अर्थ सेयर बजारमा सकारात्मक सर्किट, आजको लागि कारोबार बन्द

सेयर बजारमा सकारात्मक सर्किट, आजको लागि कारोबार बन्द

सेयर बजारमा सकारात्मक सर्किट लागेर बन्द भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सुरुवातबाटै हरियाली छाएको सेयर बजारमा कारोबार सुरु भएको १२ बजेर ३८ मिनेटमा नेप्से ५ प्रतिशतले वृद्धि भएपछि ४० मिनेटको लागि कारोबार रोकिएको हो ।

१२ बजेर ३८ मिनेटमा कारोबार रोकिएर ११८ मा खुलेको नेप्से अर्को ८ मिनेटमा नै अर्को १ प्रतिशत वृद्धि भएर ६ प्रतिशतले बढेपछि आजको लागि कारोबार बन्द भएको छ । नेप्से १३७.१८ अंकले बढेर  २४१८.८५ अंकमा बन्द भएको छ ।

कारोबार सुरु भएको पहिलो एक घण्टामा नेप्सेमा चार प्रतिशतको घटबढ हुँदा २० मिनेट, दोस्रो घण्टाभित्र पाँच प्रतिशतले घटबढ भएमा ४० मिनेट र ६ प्रतिशतले घटबढ हुँदा उक्त दिनको लागि कारोबार बन्द हुन्छ । नेप्से ६ प्रतिशतले बढेसँगै आजको लागि कारोबार बन्द भएको छ ।

शनिबार सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेयर बजारलाई ‘साम्राज्यवादको विकसित रूप’ भएको टिप्पणी गरेका थिए । त्यसपछि आइतबार र सोमबार उच्च गिरावट भएको बजारमा आज भने ‘बाउन्स ब्याक’ हुँदै सकारात्मक सर्किट लागेको छ ।

नेप्सेमा आज कारोबार बन्द हुँदा एक अर्ब ८४ करोडको कारोबार भएको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read