HomeUncategorizedदेउवालाइ प्रकाशमान र निधिको साथ मिलेपछि, दोश्रो चुनावमा जानु अघि नै शेखर...

देउवालाइ प्रकाशमान र निधिको साथ मिलेपछि, दोश्रो चुनावमा जानु अघि नै शेखर कोइरालाले पनि गरे यस्तो निर्णय

दोस्रो चरणको सभापति निर्वाचनअघि कमजोर अवस्थामा पुगेका शेखर कोइरालाले मैदान भने नछाड्ने भएका छन् । उनको समूहका नेताहरूको बैठकले दोस्रो चरणको चुनाव सामना गर्ने निर्णय गरेको छ ।

कांग्रेस सभापतिमा दोस्रो धेरै मत ल्याएका उम्मेदवार डा. शेखर कोइराला दोस्रो चरणको निर्वाचन जानेको नजाने भन्ने बिषयमा छलफल भएपछि उनि चुनावी मैदानमा जाने भएका हुन्।

कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले कोइराला देउवासँग चुनावमा जान तयार भएको बताए। दोस्रो पटकको चुनावमा देउवालाई सभापतिका उम्मेदवारहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरूङले समर्थन गरिसकेका छन्। तीन उम्मेदवारको समर्थन पाएका देउवाको जित सुनिश्चितजस्तै छ।

संस्थापन इतरसमूहका नेताहरूको समेत साथ नपाएपछि शेखर निकटस्थहरुको बैठक नक्सालमा बसेको थियो । उक्त बैठकमा कोइरालाले पार्टीमा नेतृत्व परिवर्तन र रुपान्तरणको एजेन्डालाई कमजोर हुन नदिने बताए । उनले कांग्रेस प्रतिनिधिलाई अन्तरमनको आवाज सुनेर भोट हाल्न आह्वान गर्ने भएका छन् । शेखरले केहीबेरमा पत्रकार सम्मेलन आयोजना गर्दैछन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read