Home मनोरञ्जन नायिका नम्रता अब ओशो सन्यासी

नायिका नम्रता अब ओशो सन्यासी

पछिल्लो समयमा कलाकारहरु आध्यात्मिक बन्ने क्रम जारी छ । केहि समय अगाडि थुप्रै नायिकाहरु बिभिन्न अध्यात्मिक योगमा सरिक भएका थिए।

यसैक्रममा नेपाली चलचित्रकी अभिनेत्री नम्रता सापकोटा पनि आध्यात्मिक बनेकी छिन् । सापकोटाले ओशो सन्यासी बनेको तस्बिर शेयर गर्दै आफैले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् ।

तस्बिरमा सापकोटाले गेरु रङको बस्त्र लगाएर हातमा ओशोको पुस्तक बोकेको देखिन्छ । तस्बिर सेयर गर्दै उनले क्याप्सनमा लेखेकी छिन्, ‘प्रेम लक्ष्य हो…जीवन यात्रा हो…ओशो ।’

तारिखसम्म चल्ने ओशो ध्यान शिविरमा एक हप्ताको शिविरमा सहभागी भएर मंगलबार अभिनेत्री सापकोटा घर फर्किएकी छिन् ।

अभिनेत्री तथा सन्यासी शोभिता सिंखडाले नम्रतासँगको एक तस्बिर शेयर गर्दै लेखेकी छिन्, ‘ओशो परिवारमा स्वागत छ ।’ सोभिता पछि नम्रता सन्यासी बन्नेमा दोस्रो नायिका बनेकी छिन् ।

टेक नारायण पौडेल दयालुले लेख्नु भएको छ – ‘मानवमात्रलाई साधना र सत्यको गूढ रहस्य बताउने तथा सबै किसिमका अन्धबिश्वासबाट मुक्त गराउन धर्म स्थापना हेतु यस धराधाममा अवतरित हुनु भएका भगवान श्री रजनीशको दिव्य परिवारमा वहाँलाई धेरै धेरै स्वागत अनि बधाई तथा शुभकामना ।’

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read