Homeसमाचारकोरोना खोप बिक्री गर्ने दुई स्वास्थ्यकर्मी पक्राउ, मागेका थिए यति धेरै रकम

कोरोना खोप बिक्री गर्ने दुई स्वास्थ्यकर्मी पक्राउ, मागेका थिए यति धेरै रकम

कोरोना भाइरसविरूद्धको भ्याक्सिन बिक्री गर्ने दुईजनालाई अख्तियारको टोलीले जनकपुरधाम ७ जिरोमाइलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउँपालिका २ स्थित स्वास्थ्य चौकीको हेल्थ असिस्टेन्ट अजय साह र उनका सहयोगी कृष्णकुमार यादव छन् ।

अमेरिकन कम्पनी जोनसन एण्ड जोनसनको ३ भायल भ्याक्सिन २१ हजार रूपैयामा बेचेलगत्तै उनीहरू दुवैजनालाई अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय बर्दिवासको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूलाई वडाध्यक्ष जानकीराम साहको उपस्थितिमा अख्तियारका अधिकारीले मुचुल्का तयार पारेका छन् । थप अनुसन्धान र कारवाहीका लागि उनीहरूलाई अख्तियारको हिरासतमा राखिएको छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read