Home अर्थ शेयर बजारमा आज पनि पहिरो, नेप्से २२ सय ८२ विन्दुमा झर्‍याे

शेयर बजारमा आज पनि पहिरो, नेप्से २२ सय ८२ विन्दुमा झर्‍याे

शेयर बजारमा आज साेमवार पनि पहिरो गएको छ । हिजो आइतवार ८८ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ७९ दशमलव २३ अङ्कले घटेर दुई हजार दुई सय ८२ विन्दुमा झरेको छ ।

आज दुई सय ३३ वटा कम्पनीको शेयर कारोबार भएकोमा १३ वटा बाहेक सबैको शेयर ओरालो लागेको छ । आज ९६ लाख ७९ हजार कित्ता शेयर तीन अर्ब ९९ करोड ५६ लाख रुपैयाँमा कारोबार भएका छन् ।

आज स्वाभिमान लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । यस्तै दिव्यश्वरी हाइड्रो, नेशनल हाइड्रोपावर, गुडविल फाइनान्स, आँखुखोला जलविद्युत्, तेह्रथुम पावर कम्पनी, मल्टिपर्पोज फाइनान्स र आईसीएफसी फाइनान्सको शेयर नौ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

समग्र बजार राताम्मे हुँदा पनि आज गोर्खाज फाइनान्सको शेयर साढे नौ प्रतिशतले बढेको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read