Home अर्थ भर्खरै आइपीओ ल्याएको तेह्रथुम पावरले पुस २८ बोलायो एजीएम, यस्ता छन् एजेन्डा

भर्खरै आइपीओ ल्याएको तेह्रथुम पावरले पुस २८ बोलायो एजीएम, यस्ता छन् एजेन्डा

तेह्रथुम पावरले चौथो वार्षिक साधारण सभा पुस २८ गते डाकेको छ । सभा होटल हार्दिक, बगबजार काठमाडौंमा विहान ९ बजेदेखि सुरु हुनेछ । सभामा सभामा सञ्चालक समितिको निर्वाचन गर्ने एजेन्डा छ ।

आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । यस्तै, कम्पनीको नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।

कम्पनीले गत भदौ ९ गतेदेखि १३ गतेसम्म कुल ८ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । कम्पनीले हाल तेह्रथुम जिल्लामा ७.५ मेगावाटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । यस आयोजनाको कुल लागत १ अर्ब ३४ करोड १७ लाख रुपैयाँ रहेको छ । यसको प्रतिमेगावाट लागत भने १७ करोड ८९ लाख रुपैयाँ छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read