Home अर्थ शेयर बजार १० महिनायताकै तल्लो विन्दुमा, परिसूचक नेप्से घटेर राताम्मे

शेयर बजार १० महिनायताकै तल्लो विन्दुमा, परिसूचक नेप्से घटेर राताम्मे

पछिल्लो केहि समय देखि शेयर बजार सुस्ताएको सुस्तायै छ। यहि क्रममा हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से घटेर राताम्मे भएको छ ।

नेप्से आज आइतवार ८८ दशमलव सात अङ्कले घटेर दुई हजार तीन सय ६१ दशमलव २७ विन्दुमा झरेको छ । गएको माघ १८ गतेयता नेप्से पहिलो पटक २३ सय ७० विन्दु भन्दा तल झरेको हो ।

आज कारोबार भएका सबै समूहको शेयर घटेको छ । बीमा, व्यापार, फाइनान्स, उत्पादन, विकास बैंक, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय २८ वटा कम्पनीको शेयर कारोबार भएकोमा १२ वटा बाहेक सबै कम्पनीको शेयर घटेर राताम्मे भएको छ । आज ७२ लाख २३ हजार कित्ता शेयर तीन अर्ब १९ करोड रुपैयाँमा कारोबार भएकाे छ ।

आज नयाँ सारथी लघुवित्तको शेयर १० प्रतिशतले तथा लक्ष्मी इक्विटी फन्ड, जानकी फाइनान्स र नेपाल हाइड्रो कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । युनिलिभर नेपाल र स्वाभिमान लघुवित्त कम्पनीको शेयर भने दुई प्रतिशतले बढेको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read