Homeसमाचारवडाध्यक्ष जसले आफ्नो तलब, भत्ता सबै विद्यार्थीलाई खर्चिए

वडाध्यक्ष जसले आफ्नो तलब, भत्ता सबै विद्यार्थीलाई खर्चिए

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष भूपेन्द्र खत्रीले वडाअध्यक्ष भएवापत प्राप्त गर्ने तलब र भत्ता सबै आफ्नो वडाका विपन्न, गरिब, असहाय र टुहुरा विद्यार्थीहरुलाई छात्रवृत्ति र पोशाकमा खर्च गरेका छन् ।

आफ्नो वडाभित्रका दुई वटा सामुदायिक विद्यालयका दुई दर्जन बढी विद्यार्थीलाई उहाँको तलब र भत्ताबाट छात्रवृत्ति र पोशाक वितरण गरिएको हो ।

खत्रीले हरिडिल भूमि माविमा पाँच लाख र जगन्नाथ देवी प्राविमा तीन लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । वर्षेनी सोही अक्षयकोषबाट एक हजार रुपैयाँका दरले विद्यार्थीहरुलाई छात्रवृत्ति र विद्यालय पोशाक वितरण गर्ने गरिएको हो ।

वडाअध्यक्ष खत्रीले आफूले वडाअध्यक्ष हुँदा प्राप्त गर्ने तलब र भत्ता आफ्नै वडामा रहेका सरकारी विद्यालयमा अध्ययनरत विपन्न, गरीव, असहाय र टुहुरा विद्यार्थीलाई वितरण गर्ने योजनाअनुसार दुई विद्यालयलाई बाँडिएको बताउनुभयो ।

सम्पन्न विद्यार्थीहरु निजी विद्यालयमा अध्ययन गर्ने र विपन्न समुदायका छोराछोरी सरकारी विद्यालयमा पढ्न आउने हुँदा उनीहरुलाई शिक्षामा सहज बनाउन आफूले छात्रवृत्ति अक्षयकोष स्थापना गरेको जानकारी दिनुभएको छ ।

वडाध्यक्षले आफूले पाँच वर्षे कार्यकालको अन्तिममा आइपुगेको जानकारी दिँदै आगामी दिनमा समेत सरकारी विद्यालयको पूर्वाधार विकासमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

जगन्नाथ देवी प्राविकी प्रधानाध्यापक मिठु कार्कीले वडाअध्यक्ष खत्रीले आफूले प्राप्त गर्ने तलब भत्ताबाट विपन्न बालबालिकालाई छात्रवृत्ति र पोशाक प्रदान गरेर विद्यार्थीलाई विद्यालयमा नियमित उपस्थित गराउन सहयोग पुर्याएको बताउनुभयो ।

उहाँले विगत चार वर्षदेखि अक्षयकोषबाट छात्रवृत्ति र पोशाक वितरण गर्ने गरिएको जानकारी दिनुभएको हो । छात्रवृत्ति र पोशाक वितरणबाट सबै विद्यार्थीका अभिभावकहरु समेत खुशी भएको उहाँको अनुभव छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read