Home समाचार आजको मौसम : पश्चिम वायुको प्रभावले सामान्य वर्षा हुने

आजको मौसम : पश्चिम वायुको प्रभावले सामान्य वर्षा हुने

पश्चिमी वायुको प्रभावले देशका धेरै स्थानमा आंशिक बदली भई सामान्य वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूवाृनुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसम बद्लिएको छ। आज दिउँसोदेखि बिस्तारै बाग्मती र प्रदेश १ मा पनि पश्चिमी वायुको असर देखिने महाशाखाले जनाएको छ।

आज काठमाडौंमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ। त्यस्तै, उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ।

आज राति पनि उच्च पहाडी र हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ। प्रदेश २ बाहेक अन्य प्रदेशका धेरै स्थानमा पश्चिम वायुको प्रभाव रहने महाशाखाको प्रक्षेपण छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read