Homeसमाचारराष्ट्रपति भण्डारीद्वारा आज यी ६ वटा अध्यादेश जारी

राष्ट्रपति भण्डारीद्वारा आज यी ६ वटा अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेशसहित विभिन्न ६ वटा अध्यादेश जारी गरेकी छन् । उनले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेशहरू जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उनले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश ,फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, रेल्वे अध्यादेश जारी गरेकी हुन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read