Homeसमाचारसोलुखुम्बुमा बाबुको एसिड प्रहारबाट छोराछोरी घाइते

सोलुखुम्बुमा बाबुको एसिड प्रहारबाट छोराछोरी घाइते

सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा आफ्नै बुबाको एसिड प्रहारबाट छोराछोरी घाइते भएका छन् ।

सोलु दूधकुण्ड नगरपालिका-५ वसन्तबजारका अन्दाजी ५५ वर्षका बुवा मोहन बराइलीले गएराति ८ बजे आफ्नै छोराछोरी माथि एसिड प्रहार गरेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

एसिड लागेर २५ वर्षका छोरा र १६ वर्षकी छोरी घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार घाइतेमध्ये छोराको अवस्था गम्भीर छ ।

एसिड प्रहार गर्ने बराइलीलाई प्रहरीले पक्राउ गरेको छ । उनले जाँड रक्सी खाएर एसिड प्रहार गरेका खुल्न आएको प्रहरीले जनाएको छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read