Homeसमाचारशौचालय जाने क्रममा लडेर वडाध्यक्षको मृत्यु

शौचालय जाने क्रममा लडेर वडाध्यक्षको मृत्यु

शौचालय जाने क्रममा ल’डे’र बुटवलमा वडाध्यक्षको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष लालप्रसाद बस्यालको शौचालय जाँदा ल’डे’र सोमबार अपराह्न मृत्यु भएको हो ।

लडेर गम्भीर घाइते भएका बस्याललाई उपचारका लागि बुटवलस्थित सिद्धबाबा अस्पतालमा लगिएको थियो । तर, अस्पतालले उनलाई मृत घोषणा गरेको छ ।

अचेत अवस्थामा अस्पताल पुर्‍याइएका ७३ वर्षीय बस्याललाई चिकित्सकले मृत घोषणा गरेको वडा नम्बर ३ का वडा सदस्य लीला श्रेष्ठले जानकारी दिए ।

उनको शव बुटवल गोलपार्कस्थित निवासमा राखिएको थियो । उनी क्यान्सरका रोगी भएको बताइएको छ । बस्याल स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read