Homeमनोरञ्जन६ महिनापछि ‘मेरी बास्सै’मा फर्किइन् ‘चम्सुरी’

६ महिनापछि ‘मेरी बास्सै’मा फर्किइन् ‘चम्सुरी’

  • चर्चित कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ अभिनयमा फर्किएकी छन् । उनी झण्डै ६ महिनापछि हास्य टेलिसिरियल ‘मेरी बास्सै’मार्फत अभिनयमा फर्किएकी हुन् । दुवै मिर्गौला फेल भएर अस्वस्थ भएपछि उनी अभिनयबाट टाढा रहेकी थिइन् । स्वास्थ्य अवस्थामा सुधार आएपछि उनी छ महिनापछि पुन: ‘मेरी बास्सै’ को छायाङ्कन सेटमा फर्किएकी हुन्।

मंगलबार प्रसारण ‘मेरी बास्सै’को भाग ७२९ मा दर्शकले पल्पसालाई हेर्न पाएका छन् ।

पल्पसाले मिर्गौला प्रत्यारोपण गर्न भने बाँकी छ । माघको तेस्रो साता मिर्गाैला प्रत्यारोपण हुने सम्भावना रहेको बताइएको छ । डंगोल परिवारले भारतमा उपचार गर्ने योजना पनि बनाएका थिए । तर, डंगोलको नेपालमै उपचार गर्ने मनसाय रहेको थाहा पाएपछि परिवारभित्रै मृगौला खोजी सुरु गरिएको थियो ।

आठ वर्षअघि उनले आफ्नो मिर्गौलाको समस्याबारे उनले थाहा पाएकी थिइन् । त्यसयता परिवारका सदस्यलाई जानकारी नदिई उनले मिर्गौलाको उपचार गराउँदै आएकी थिइन् । तर, गत जेठमा श्वासप्रश्वासमा समस्या आएपछि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएकी थिइन् । चेकजाँचका क्रममा उनको दुवै मिर्गौलाले काम गर्न छाडिसकेका कारण मिर्गौला फेर्नुपर्ने चिकित्सकले बताएका थिए ।

त्यसयता उनले सातामा दुई पटक नियमित डायलाइसिस गराउँदै आएकी छन् । अस्पतालमा झण्डै ३ महिना बिताएपछि स्वास्थ्यमा सुधार भएपछि उनी गत भदौमा डिस्चार्ज भएकी थिइन् । हास्य सिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपछि पल्पसालाई दर्शकले ‘चम्सुरी’ उपनामले चिन्दै आएका छन् । थुप्रै टेलिसिरियल, चलचित्र एवं म्युजिक भिडियोमा उनले अभिनय गरेकी छन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read