Homeजानकारीयो हो संसारकै ठूलो मकैको घोँगा फल्ने ठाउँ

यो हो संसारकै ठूलो मकैको घोँगा फल्ने ठाउँ

मेक्सिकोको नायारिट प्रान्तस्थित जाला सहर संसारमा सबैभन्दा ठूलो मकैको घोगा फलाउने सहर हो । त्यहाँ फल्ने मकै मेक्सिकोका अन्य ठाउँमा पनि फल्दछ तर आकार भने त्यहाँ जत्तिको ठूलो कतै फल्दैन ।

सन् २०१९ मा जाला सहरका किसान जेसस नाजारियो इलियास मोक्टेजुमाले सबैभन्दा ठूलो मकैको घोगा फलाए । मकै प्रतिस्पर्धामा सहभागी भएका जालाले फलाएको मकैको घोँगा ३९.५ सेन्टिमिटर थियो ।

त्यो प्रतिस्पर्धामा दोश्रो हुने मकैको घोगा पनि ३९ सेन्टिमिटर थियो भने अन्य सहभागीहरुका मकैका घोगा पनि खासै साना थिएनन् ।

त्यसअघि सन् २०१६ मा स्थानीय किसानले ४५ सेन्टिमिटरको मकैको घोगा फलाएका थिए । सन् १९२४ मा त्यहाँ ६० सेन्टिमिटरको मकैको घोगा फलेको थियो । त्यस्तै मकैको बोट ६ मिटर अग्लोसम्म हुन्थ्यो ।

एजेन्सीको 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read