Home जानकारी कुन रोगीले कस्तो जुस पिउँदा राम्रो ?

कुन रोगीले कस्तो जुस पिउँदा राम्रो ?

मान्छेले रोग अनुसारको ओखती र खानेकुरा खानु जरूरी हुन्छ । यसैगरी कुनै पनि रोग वा स्वास्थ्य समस्यामा विचार गरेर जुस पिउनु उपयुक्त हुन्छ । कुन रोग लाग्दा कुन जुस पिउने भन्ने कुरा पनि जान्न जरुरि हुन्छ किनकि विभिन्न प्रकारका जुसका बिभिन्न फाईदाहरु हुन्छन।

भोक नलाग्दा भोक नलाग्ने मान्छेले बिहान खाली पेट कागतीपानी खानुपर्छ अनि खानुअघि अदुवाको पेस्टमा बीरेनुन हालेर खानुपर्छ ।रगत सफा गर्न शरीरमा विद्यमान रगतलाई शुद्ध बनाउनका लागि कागती, गाजर, काउली, पालुंगो, स्याउ, तुलसी र बेलका पातहरूको रस लाभदायक हुन्छ ।

दमको समस्या दमको रोगीले लसुन, अदुवा, तुलसी, काउली, गाजरको सुप र मुँगको दाल अनि बाख्रीको दूध खाँदा फाइदा पुग्छ ।उच्च रक्तचाप उच्च रक्तचापका रोगीहरूले गाजर, अंगुर र मौसमको जुस पिउनुपर्छ । अनि शारीरिक र मानसिक आराम पनि गर्नुपर्छ ।

निम्न रक्तचाप लो ब्लडप्रेसर भएकाहरूले गुलिया फलको रस पिउनुपर्छ भने अमिलो फलको रस पिउनुहुँदैन । अंगुर र मौसमको रस लाभदायक हुन्छ ।जन्डिस जन्डिस हुँदा रोगीले अंगुर, स्याउ र मौसमको रस पिउनुपर्छ । किसमिस डुबाएको पानीले पनि राम्रो गर्छ ।

अनुहारको दाग अनुहारको दाग हटाउनका लागि गाजर, खरबुजा, प्याज, तुलसी र पालुंगोको रस लाभदायी हुन्छ ।क्यान्सर क्यान्सरबाट मुक्तिका लागि गाजर र अंगुरको रस पिउनु राम्रो हुन्छ ।

त्यसैले कस्तो बेलामा अथवा कस्तो रोगको लागि कुन जुस पिउँदा फाईदा गर्छ भन्ने जानकार सबै हुनुपर्छ।

 

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read