Homeखेलकुदसन्दीप लामिछाने बने ‘आइसीसी प्लेयर अफ द मन्थ’

सन्दीप लामिछाने बने ‘आइसीसी प्लेयर अफ द मन्थ’

नेपालका लेग-स्पिनर सन्दीप लामिछाने र इंग्ल्याण्ड महिला टिमकी कप्तान हेदर नाइट सेप्टेम्बर महिनाको लागि ‘आइसीसी प्लेयर अफ द मन्थ’को विजेता घोषित भएका छन्

लामिछाने सेप्टेम्बर महिनामा केही उत्कृष्ट प्रदर्शन गरेका बंगलादेशका बायाँ हातेका ‘अर्थोडक्स’ नसुम अहमद र अमेरिकाका ‘हार्ड-हिटिङ ब्याट्सम्यान’ जसकरण मल्होत्रालाई पछि पार्दै ‘आइसीसी प्लेयर अफ द मन्थ’घोषित भएका हुन्।

लामिछानेको लागि सेप्टेम्बर एक शानदार महिना रह्यो। उनले आइसीसी क्रिकेट विश्वकप लिग-२ मा उत्कृष्ट प्रदर्शन गरे। जसमा उनी ७.३८ को औसतमा १८ विकेट र ३.१७ इकोनोमीसहित ‘स्ट्यान्ड आउट’ बलर रहे।

पपुवा न्यू गिनीविरुद्धका दुई खेलमा उनले उल्लेखनीय प्रदर्शन गर्दै ३५ रन दिएर ४ विकेट र ११ रन दिएर ६ विकेट लिए। उनको अन्य यादगार प्रदर्शन ओमानविरुद्ध थियो, जसमा उनले १८ रन खर्चिदै ४ विकेट लिए।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read