Homeमनोरञ्जनसमिरले स्वस्तिका संग ल्याए ‘चकलेटी स्याँउ’, सागर, प्रिज्मा र प्रिन्सीको डान्स

समिरले स्वस्तिका संग ल्याए ‘चकलेटी स्याँउ’, सागर, प्रिज्मा र प्रिन्सीको डान्स

एक पछि अर्को हिट गीत दीइरहेका गायक समिर आचार्यको नयाँ गीत सार्वजनिक भएको छ। दर्शक नचाउने रमाईला गीत सार्वजनिक गर्न माहिर समिरका ‘पिच रोड’ ,’घाममा सुकाइदेउ,’] लगायतका गीत सार्वजनिक भैसकेका छन्।

यसपाली समिरले गायिका स्वस्तिमा ढकालसँग मिलेर ‘चकलेटी स्याँउ’ बोलको गीत श्रोता तथा दर्शकमाझ ल्याएका छन् ।दिनेशराज पुरीको शब्द रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत छ । गीतको भिडियोमा कलाकार सागर लम्साल, प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय छ । तिनै जना कलाकार भिडियोमा डान्सिङ मुडमा देखिएका छन् ।

शान थापाले यो भिडियोको निर्देशन गरेका हुन् । मनोज बस्नेतको लगानीमा बनेको भिडियोमा हरि हुमागाँइको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजिभ समरको कोरियोग्राफी छ । सार्वजनिक भएको छोटो समयमै दर्शकको राम्रो प्रतिक्रिया पाएपछि समिरले आफू उत्साहित भएको बताए ।

गीत रिलिज भएको २४ घन्टामा गीतले युट्युबको ट्रेण्डिङ्ग यात्रा सुरु गरिसकेको छ भने बजारमा नि राम्रै प्रतिक्रिया पाईरहेको छ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read