Homeमनोरञ्जन‘रत्नपार्क’मा काम गर्दै भिटेन

‘रत्नपार्क’मा काम गर्दै भिटेन

पछिल्लो समय युवापुस्तामाझ चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’ले ‘रत्नपार्क’ नामक चलचित्र साइन गरेको छन् । बुढासुब्बा ओर्जिनलको ब्यानरमा निर्माण हुन् लागेको उक्त चलचित्रमा भिटेनले काम गर्न लागेको कुरा यो चलचित्रका निर्माता नवराज गिरीले पुष्टी गरेका हुन् ।

भिटेनले चलचित्रका लागि लिएकोे पारिश्रमिक भने अझै खुलाईएको छैन तर, चलचित्र बजारमा भिटेनले ‘रत्नपार्क’का लागि १८ लाख रुपैयाँ लिएको चर्चा छ । नवराजका अनुसार, बुढासुब्बा ओर्जिनलले ७ वटा चलचित्र बनाउनेछ । जसमा एउटा प्रोजेक्ट ‘रत्नपार्क’ पनि हो ।

रौतहटमा जन्मिएका र्यापर भिटेन बारम्बार आफ्नोे गीतका कारण बिबादमा आउने गरेका छन् । उनलाई गीतमा अश्लिल शब्द प्रयोग गरेको भन्दै प्रहरीले पनि पक्राउ गरिसकेको छ । नेपाली चलचित्रमा गायकहरुकोे आगमन भैरहेके समयमा भिटेनले पनि ठूलो पर्दामा प्रवेश गर्न लागेका हुन् ।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read